कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने, प्रतिरक्षाको प्रमाण पेस गर्नुपर्ने

कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने, प्रतिरक्षाको प्रमाण पेस गर्नुपर्ने

साउदीले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरुमा थप कडाइ गरेको छ । अगस्ट एकदेखि साउदीले नयाँ मापदण्ड जारी गर्दै कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने जनाएको छ । 

सरकारी, निजी, तथा गैर लाभकारी संस्थामा कार्यरत कर्मचारीले कोरोना विरुद्धको खोप नलगाएसम्म बिदामा कटौती हुने त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले सबै रोजगारदाताहरुलाई आफ्ना कर्मचारीमा कोरोना प्रतिरक्षा ‘इम्युनिटी’को प्रमाण पनि पेस गर्न निर्देशन दिएको छ ।