पहिरोका कारण खोडपे–बझाङ सडकखण्ड अवरुद्ध

पहिरोका कारण खोडपे–बझाङ सडकखण्ड अवरुद्ध

बैतडी । जयपृथ्वीराजमार्ग अन्तरर्गत खोडपे–बझाङ सडकखण्ड  अवरुद्ध भएको छ । पहिरो जादा बैतडीको पाटन नगरपालिका ८ झौलेक मोडमा सडक अवरुद्ध भएको हो।

सडक तल पहिरो गएपछि आवतजावत ठप्प भएको खोड्पे प्रहरी चौकीका प्रहरी हवल्दार समिर चन्दले जानकारी दिए ।

सडक तलबाट पहिरो गएकोले पुनर्निर्माण गर्न अझै दुईतीन दिन लाग्ने उनले बताए । सडक अवरुद्ध हुँदा आवतजावत ठप्प छ भने यात्रुहरु अलपत्र परेका छन ।