स्वास्थ्य मन्त्रालयको प्रस्ताव– सबैखालका परीक्षा स्थगित गर्नुपर्छ

स्वास्थ्य मन्त्रालयको प्रस्ताव– सबैखालका परीक्षा स्थगित गर्नुपर्छ

कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न प्रस्ताव लैजाने बताए ।

आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् । स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए । 

यसबारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोध्दा मन्त्रालयले अनविज्ञता प्रकट गर्‍यो । तर मन्त्रालयका एक अधिकारीले राष्ट्रिय परीक्षा बोर्डसँग हिजो बैठक बसेको र विद्यमान परिस्थितिमा सुरक्षित तवरले कसरी परीक्षा गराउने भन्नेबारे छलफल भएको बताए । 

राज्यमन्त्री श्रेष्ठको भनाइबारे बोर्डले पनि जानकारी नभएको बताएको छ । तर बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसबारेमा स्वास्थ्य मन्त्रालयले कुनै छलफल नगरेको र हालसम्म बोर्ड परीक्षा गराउने तयारीमै रहेको स्पष्ट पारे । 

“यतिका सपिङ मल खोल्न हुने, यातायात चल्ने अनि कक्षा १२ को परीक्षा गराउँदा कोभिड हुने हो र रु,” उनले भने, “सरकार खोप चाहिँ स्टोर गरी राख्ने रु अनि महामारी हुन्छ भनेर गतिविधि बन्द गरेर हुन्छ /