थलाराको खानी गाँउमा सिँचाईका लागि बर्षा पम्पबाट पानी

थलाराको खानी गाँउमा सिँचाईका लागि बर्षा पम्पबाट पानी

बझाङ । थलारा गाउँपालिका- ९ खानी गाँउमा तरकारी र वाली सिँचाईका लागी बर्षा पम्प जडान गरिएको छ । युनाईटेड मिसन टु नेपाल र प्रगतिशिल युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा सेती नदीमा बर्षा पम्प जडान गरिएको हो ।

तरकारी खेती लाई लक्षित गर्दै सेती नदी बाट बर्षा पम्पको सहयोगले गाउँमा पानी लिफ्टििङ गरेर सिँचाई सुविधा पु¥याईए पछि यहाँका ३५ परिवार लाभावन्वित भएका छन । परियोजनाको ३ लाख बढीको लागतमा पानी तान्ने बर्षा पम्प, पाईप ल्याई गाँउ भन्दा तल रहेको सेती नदीको पानी माथी गाउँमा ल्याईएको हो । सिँचाईको लागी पानी पाए पछि स्थानिय हर्षित भएका छन ।

तरकारी राम्रो उत्पादन हुने भएको भए पनि सिँचाई सुविधा नहुँदा व्यवसायिक रुपमा तरकारी खेतीगर्न नसकिएको स्थानिय दिनेश सुनारले बताए । उनले भने, “अरु उत्पादन भन्दा बाह्रै महिना तरकारी उत्पादन राम्रो हुन्थ्यो । तर हिउँदको समयमा सिँचाईका लागी पानी नहुँदा सास्ति भोग्नु परेको थियो । बर्षातको समयमा त गाँउ नजिकै पानीका मुलहरु फुटने भएकाले बर्षे तरकारी राम्रै हुन्थ्यो ।

अव बर्षा पम्प बाट गाउँमा पानी पुगेपछी तरकारी वालीमा सिंचाई गर्न सहज हुने भएको छ । गाँउमा पानी पुगेपछि खुसी लागेको छ ।” अर्का स्थानिय अमर सुनारले गाँउमा सिँचाईका लागी पानी पुगे संगै बर्षौ देखिको गाँउलेको तरकारी खेती गर्ने धोको पुरा भएको बताए । सुनारले भने, “घर छेउमै सेती नदी बगे पनि सिँचाईका लागी पानी उपभोग गर्न पाएका थिएनौ । घर छेउमै ठुलै नदी बगेपनि पानी उपभोग गर्न नपाउनु हाम्रो र्दुभाग्य हो ।

बर्षौ देखि पानीको अभाव भोगेका हामीहरुलाई बर्षा पम्प बाट लिफ्टिङ गरेर ल्याएको पानीले राहात भएको छ । अब हिँउदे तरकारी उत्पादन गर्न पनि सहज भएको छ । बर्षा पम्प जडान संगै कृषकहरुमा परम्परागत कृषिशैली लाई परिर्वतन गरी नयाँ प्रविधि र यन्त्रिकरण गरेर व्यवसायिकरुपमा तरकारी खेती गर्न सिकाएको छ ।” यो प्रविधि सुरुमा २०१४ मा नेपाल भित्रिएको हो ।

यो मेसिन हावा र पानीको माध्यम बाट घुम्ने गर्दछ । यो मेसिन बाट २० मिटर भर्टिकल उचाई सम्म र २ किलोमिटर होरिजेन्टल सम्म पानी पठाउन सकिन्छ । हावा र पानी बाट चल्ने भएकाले यस्को एकतर्फि मात्र खर्च हुन्छ । एकैचोटी किन्दा मात्र खर्च हुने भएकाले खोला किनाराका सिचाँई सुविधा नभएका ठाँउका लागी प्रभावकारी हुने सिर्जना परियोजनाका कार्यक्रम अधिकृत बल बहादुर ओडले बताए ।