नेपालमा कोभिड-१९ : थपिए ३ हजार १२५ संक्रमित, २३ जनाको मृत्यु

नेपालमा कोभिड-१९ : थपिए ३ हजार १२५ संक्रमित, २३ जनाको मृत्यु

नेपालमा तीन हजार १२५ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ६२ हजार ४३२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८११ वटा नमूना परीक्षण गरिएको थियो । 

मन्त्रालयले थप २३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ८९८ पुगेको जनाएको छ । यस्तै हालसम्म ६ लाख ५८ हजार १२२ जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना संक्रमणमुक्त भएका हुन् । यस्तै हालसम्म पहिलो मात्रा ४१ लाख ६३ हजार २५१ र पूर्ण मात्रा २० लाख २११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।