विश्वमा कोरोना संक्रमितको संख्या २० करोड नजिक

विश्वमा कोरोना संक्रमितको संख्या २० करोड नजिक

विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नजिक पुगेको छ। गत २४ घण्टामा ४ लाख ६५ हजारभन्दा बढी संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १९ करोड ९५ लाख ४५ हजार पुगेको हो।

संक्रमितमध्ये १८ करोड कोरोनामुक्त भएका छन्। ४२ लाख ४७ हजार ९३९ जनाको मृत्यु भइसकेको छ। एक करोड ५२ लाख ७७ हजार सक्रिय संक्रमितमध्ये ९१ हजार ५४३ जनाको अवस्था गम्भीर रहेको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ४९ हजार, इरानमा ३७ हजार २००, भारतमा ३० हजार, रसियामा २३ हजार ५००, टर्कीमा २२ हजार ९००, वेलायतमा २१ हजार ९००, ब्राजिलमा १५ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा रसियामा ७८५, ब्राजिलमा ४७३, भारतमा ४२०, इरानमा ४११, अर्जेन्टिनामा २७३, कोलम्बियामा २१८ र अमेरिकामा १९९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।