सोमबार धनगढीमा ६ हजार बढीले लगाए कोरोना भाईरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप

सोमबार धनगढीमा ६ हजार बढीले लगाए कोरोना भाईरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप

धनगढी । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप धनगढीमा सोमबार मात्रै ६ हजार बढीले लगाएका छन् ।

धनगढी उपमहानगरपालिकाले विभिन्न ११ स्थानमा खोप केन्द्र तोकेर ६ हजार २ सय ७० जनालाई खोप लगाएको हो ।उपमहानगरपालिकाका अनुसार स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तिहरु, शरणार्थीहरु र सरसफाईकर्मीहरुलाई खोप लगाएको जनाएको छ ।

जसमा धनगढीको कर्भड हल खोप केन्द्रबाट १ हजार ८ सय ६५,मटयारी शहरी स्वास्थ्य केन्द्रबाट ४ सय ५० बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट ६ सय ५०, घुईयाघाट शहरी स्वास्थ्य केन्द्रबाट,४ सय ५०,घोड्सुवा शहरी स्वास्थ्य केन्द्रबाट ४ सय जुगेडा शहरी स्वास्थ्य केन्द्रबाट ४ सय ५० लाई लगाईएको छ ।

यस्तै कैलाली गाँउ शहरी स्वास्थ्य केन्द्रबाट,५ सय, उर्मा शहरी स्वास्थ्य केन्द्रबाट ४ सय उर्मा स्वास्थ्य चौकीबाट ३ सय ५०, धुर्जजन्ना शहरी स्वास्थ्य केन्द्रबाट ३ सय २० र फुलबारी स्वास्थ्य केन्द्रबाट ४ सय ३५ गरि ५ हजार २ सय ७० जनालाई खोप लगाएको हो ।

जोन्सन एन्ड जोन्सन खोप भोलि (मंगलबार) पनि लगाईने उपमहानगरपालिकाले जनाएको छ । यस अघि उपमहानगरपालिकाले १८ हजार २६ जनालाई भेरोसेलको पहिलो मात्रा दिईएको थियो ।

जसमा ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिक रहेका थिए । सो खोप अभियान साउन १३ देखि १५ गते सम्म चलेको थियो ।