सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पायो पुर्णता, नवनियुक्त सदस्यले लिए शपथ

सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पायो पुर्णता, नवनियुक्त सदस्यले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । मंगलबार विभिन्न पदमा पदपुर्ती गरिएसँगै प्रदेश युवा परिषद्ले पुर्णता पाएको हो । यसअघि सुदूरपश्चिम मन्त्री परिषद्ले कार्यकारी उपाध्यक्ष युवराज कुँवरलाई नियुक्त गरेको भए पनि सदस्यहरुको पदपुर्ती नहुदाँ परिषद्ले पुर्णता पाउन सकेको थिएन ।

समावेशीता र भुगोलका आधारमा रहेर रिक्त सदस्यहरु पदपुर्ती गर्नु पर्ने भएकाले केही बिलम्ब भएको सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले जानकारी दिए । रिक्त पदहरुमा पदपुर्ती गर्दै मनोनित सदस्यहरुलाई आजै सपथग्रहण पनि गराईएको छ ।

अब प्रदेश सरकारले युवाका क्षेत्रका अख्तियार गरेका कार्यक्रमहरु कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ । समृद्ध प्रदेश निर्माणका लागि उत्पादनसँग युवाहरुलाई जोडेर दक्ष युवा उत्पादनमा जोड दिने परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए ।

शपथ ग्रहण समारोहमा सामाजिक बिकास राज्यमन्त्री मना कुमारी साउँदको समेत सहभागिता रहेको थियो । यस्तै शपथ ग्रहण कार्यक्रमपछि सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यालयको पनि उद्घाटन गरिएको छ । 

May be an image of 2 people, people standing and indoor