कैलालीमा निषेधाज्ञा साउन ३२ गते सम्म लम्ब्याईयो

कैलालीमा निषेधाज्ञा साउन ३२ गते सम्म लम्ब्याईयो

धनगढी । कैलालीमा जारी निषेधाज्ञा साउन ३२ गते सम्म लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ३२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिएको हो । 

जिल्लामा केही दिन यता कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएका कारण निषेधाज्ञा साउन ३२ गते सम्मका लागि थपिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।