डब्लुएचओले कोरोना भाइरसविरुद्धको बुस्टर खोप नलगाउन आग्रह

डब्लुएचओले कोरोना भाइरसविरुद्धको बुस्टर खोप नलगाउन आग्रह

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कम्तीमा आउँदो सेप्टेम्बरको अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोपको बुस्टर अर्थात थप मात्रा नलगाउन आग्रह गरेको छ । विकसित देशका नागरीकले खोपको पूर्ण मात्रा लगाएकाहरुलाई थप सुरक्षाका लागि बुस्टर मात्रा लगाउने योजना अगाडी सारेसँगै डब्लुएचओले तत्कालका लागि यो अभियान रोक्न आग्रह गरेको हो ।

डब्लुएचओका महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका गरिब देशहरुमा अहिले खोपको अभाव रहेको र उनीहरु निकै पछि परेको अवस्थामा धनी देशहरुले पूरा मात्रा लगाएकाहरुलाई थप मात्रा खोप दिने योजना सान्दर्भिक नहुने बताए ।

उनले सेप्टेम्बरको अन्त्यसम्ममा बुस्टर मात्राको योजनालाई रोकिँदा विश्वका सबै देशमा कम्तीमा १० प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउने बताउनुभएको अन्तर्राष्ट्रय संचारमाध्यमहरुले जनाएका छन् ।

यसो गरिँदो खोपको पहुँचमा धनी र गरिब देशबिच रहेको असमानता कम हुने डब्लुएचओको भनाई छ । इजरायल र जर्मनीसहितका देशले खोपको पूर्ण मात्रा लगाएका आफ्ना नागरिकलाई बुस्टर मात्राका रुपमा खोपको तेस्रो खुराक दिने योजना सार्वजनिक गरेसँगै डब्लुएचओले यस्तो आग्रह गरेको हो ।