विश्वभर नै बढ्यो कोरोना संक्रमण

विश्वभर नै बढ्यो कोरोना संक्रमण

विश्वभर नै कोरोना भाइरसको संक्रमण फेरि उच्च गतिमा बढ्न थालेको छ । केही समय अघि सम्म संक्रमण दर निकै तल झरेको अमेरिकामा विश्वमै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।पछिल्लो २४ घन्टामा अमेरिकामा मात्रै १ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना विरुद्धको खोप सहजै उपलब्ध भए पनि खोप लगाउनेहरुको संख्या भने न्युन छ । अमेरिकीहरुले खोप नलगाएकाले कतिपय राज्यले खोप लगाउनेलाई १ देखि २ सय डलर दिने आकर्षक कार्यक्रम समेत ल्याएका छन् । एसियाली र अफ्रिकी गरिब मुलुकहरुमा भने खोपलाई नागरिकहरु संघर्ष नै गरिरहेका छन् । संक्रमण दर घटेका युरोपेली र एसियाली मुलुकमा पनि संक्रमण दर बढिरहेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ४२ हजारभन्दा बढि नयाँ संक्रमित थपिएका छन् । यसै गरी ब्राजिलमा एकै दिनमा संक्रमित हुनेको संख्या ४० हजारभन्दा बढी छ । यसै गरी इरानमा ३९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने इन्डोनेसियामा पनि एकै दिनमा संक्रमित हुनेको संख्या ३५ हजारभन्दा बढी छ ।

बेलायत र फ्रान्समा पनि पछिल्लो २४ घन्टामा मात्रै २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । युरोपेली र अमेरिकी मुलुकहरुमा संक्रमणको चौथो लहर शुरु भएको संकेत देखिएको छ भने एसियाली मुलुकहरुमा तेस्रो लहरको खतरा बढेको छ ।