कञ्चनपुरमा करिब तीन लाख बराबरको अवैध समान बरामद

कञ्चनपुरमा करिब तीन लाख बराबरको अवैध समान बरामद

कञ्चनपुर । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा आएको समान बरामद गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बयलबन्दा, गड्डाचौकी, दोधा, जिमुवा र झिलमिलाको टोलीले समान बरामद गरेको हो ।

बरामद समानको मूल्य दुई लाख ८० हजार रुपैयाँ छ । ती समानमा चिनी, मैदा, स्वीट सुपारी, मिट मसला, सेतो मार्किन कपडा, लेडिज सुट, धोती, थान कपडा, घुम्टी, कस्मेटिक समान, र स्टेशनरीका समान छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरका अनुसार बरामद समान गड्डाचौकीस्थित कञ्चननपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।