झण्डै एक महिनापछि सेती अस्पतालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

झण्डै एक महिनापछि सेती अस्पतालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१ का ३३ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । 

मृतक महिला साउन १७ गतेदेखि अस्पतालको आइसीयुमा उपचाररत थिईन् । भने मृतक पुरुष साउन २१ गतेदेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए । झण्डै एक महिना देखि सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या शुन्य रहेको थियो । असार २६ गतेबाट अस्पतालमा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएकोमा आज दुई जनाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितका बिरामीहरुको संख्या बढ्न थालेको छ । भने संक्रमितहरुमा फेरि जटिल समस्या देखिन थालेका बताईएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रयोगशालामा १२१ नमूनाको परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।