चार किलो गाँजासहित युवक पक्राउ

चार किलो गाँजासहित युवक पक्राउ

नागढुंगाबाट प्रहरीले चार किलो गाँजासहित युवकलाई पक्राउ गरेको छ । शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङ गजुरी–४ का २० वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो ।

बा ४ ख ४४४७ नम्बरको बसमा सवार लामाले सिटमुनि राखेको जेब्रा झोलाबाट गाँजा बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ ।