धगनढीमा लागुऔषध सहित युवायुवती पक्राउ

धगनढीमा लागुऔषध सहित युवायुवती पक्राउ

धनगढी । कैलालीमा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिकाका बर्ष २२ का रमेश विसि र २६ बर्षिया चन्दा विसि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढीको माया मेट्रो अस्पतालमा विरामी भेट्न गएका उनिहरुलाई शंकाको आधारमा चेँकजाँच गर्दा ४ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए ।

उनीहरुलाई अस्थायी प्रहरी चेक पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।