भीम र वसन्तीलाई उत्कृष्ट वर्ष खेलाडीको अवार्ड

भीम र वसन्तीलाई उत्कृष्ट वर्ष खेलाडीको अवार्ड

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा वसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ । नेपाल आर्मीका भीम र बागलुङकी वसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जितेका थिए ।

एनआईटीएफको २४ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङ्लास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरूलाई  पुरस्कृत गरिएको हो । 

सोही अवसरमा नेपालगन्जका वीरेन्द्रबहादुर शाही उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए । तीनैले प्रशंसापत्रसहित जनही १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौंका मनोज खड्गी आउट स्टेन्डिङ प्रशिक्षक, रोल्पा उत्कृष्ट संघ र झापाका नवीन तामाङ उदीयमान प्रशिक्षकको अवार्डबाट सम्मानित भए । उनीहरूलाई प्रशंसा पत्र प्रदान गरियो । 

विगत ३० वर्षदेखि हालसम्म आईटीएफ तेक्वान्दोमा सक्रिय नेपालगन्जकी ५४ वर्षीया फातिमा बानुलाई पनि विशेष अवार्डबाट सम्मान गरिएको थियो ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव एकेन्द्र कुँवर, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र एनआईटीएफ अध्यक्ष अन्जन धमलाले पुरस्कृत गरे । 

एनआईटीएफले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही क्रममा उक्त कार्यक्रम पनि आयोजना गरिएको हो । 

त्यसै अवसरमा सिनियर डान ग्रेडिङबाट पाँच जना छैटौं डानमा पदोन्नति भएको जानकारी दिइएको थियो । तेस्रो र चौथो डानका लागि ग्रेडिङ सञ्चालन भइरहेको संघले जनाएको  छ ।