नेपालले भारतसँग दशरथ रंगशालामा दुई फुटबल खेल खेल्ने

नेपालले भारतसँग दशरथ रंगशालामा दुई फुटबल खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा ले शुक्रबार नेपालीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । दुवै खेल दशरथ रंगशनलामा हुने एन्फाले जनाएको छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते ९सेप्टेम्बर २ र ५० मा हुनेछ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले जम्मा दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।

नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफमा हराएको थियो । दशरथ रंगशालामा भएको उक्त खेल नेपालले २(१ ले जितेको थियो । त्यसपछिको पाँच भेटमा नेपालले एक बराबरी खेल्दा अन्य खेलमा पराजित भएको छ । नेपाल र भारत अहिले १३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीमा छन् । त्यसैका लागि मैत्रीपूर्ण खेल हुन लागेको हो ।

आगामी अक्टोबरमा गर्ने तयारी रहेको साफ च्याम्पियनसिपको आयोजक राष्ट्र तय भएको छैन । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरिसकेको छ ।