कैलाली प्रहरीद्धारा जुवा खेलाउने होटल सञ्चालकसहित ५ जना जुवाडे सार्वजनिक

कैलाली प्रहरीद्धारा जुवा खेलाउने होटल सञ्चालकसहित ५ जना जुवाडे सार्वजनिक

धनगढी ।  धनगढीमा जुवा खालबाट भागेका ३ जना जुवाडेसहित जुवा खेलाउने होटल सञ्चालकलाई कैलाली प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार कैलाली प्रहरीले पत्रकार सम्मेलनका आयोजना गर्दै ३ जना जुवाडे र जुवा खेलाउने होटल सञ्चालक गरी पाँच जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले जुवा खेलाउने होटल सञ्चालक सञ्चालक सुरेन्द्र ऐरी, जुवामा लगानी गर्ने गोदावरी २ बस्ने महेन्द्र भट्टराई, धनगढी २ बस्ने पवन भाट, यस्तै मिलन चोक बस्ने युवराज भण्डारी र गोदावरी २ बस्ने पदम साउदलाई सार्वजनिक गरेको हो । पक्राउ परेका उनीहरुमाथि जुवा शिर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए ।

गत सोमबार राति धनगढी–३ मिलनचोकस्थित एएफसी होटलबाट ८५ हजार बरामद गरिएको थियो । भने जुवाडेहरु प्रहरीको टोली देख्ना साथ भागेका थिए । साथै जुवाखाल बाटै फरार बाँकी ५ जनाको खोजी कार्य जारी रहेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।