खोप नलगाइ कार्यालय जाँदा सिएनएनका कर्मचारीको जागिर गयो

खोप नलगाइ कार्यालय जाँदा सिएनएनका कर्मचारीको जागिर गयो

अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोना भाइरस विरूद्धको खोप नलगाइ कार्यालय पुगेका तीन जना कर्मचारीलाई सेवाबाट वर्खास्त गरेको छ ।कम्पनीका अध्यक्ष जेफ जुकरले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने चेतावनी दिएका छन् । सेवाबाट वर्खास्त गरिएका कर्मचारीको नाम भने गोप्य राखिएको छ ।

सिएनएनले कोरोना खोप नलगाउनेविरूद्ध शुन्य सहनशीलताको नीति लिएको जुकरको भनाइ छ । ससएनएनका धेरैजसो कार्यालयहरू स्वेच्छिक रूपमा आउने कर्मचारीहरूका लागि खुलिसकेका छन् । एटलान्टा, वासिङ्टन, लस एन्जलसमा भएका कार्यालयमा मास्क अनिवार्य गरिएको छ ।

यसअघि सिएनएनले सेप्टेम्बरदेखि सबै कर्मचारी अफिस आउने योजना बनाएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फेरि बढेपछि सिएनएनको योजना पछि धकेलिएको थियोअमेरिकामा कोरोना विरूद्धको खोप सर्वसुलभ भए पनि मानिसहरूले खोप लगाउन मानिरहेका छैनन् । राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई एक सय डलरका दरले रकम दिन भनेका छन् ।