सव-इन्जिनियर घुससहित पक्राउ

सव-इन्जिनियर घुससहित पक्राउ

बुढानीलकण्ठ नगरपालिकाका सव इन्जिनियर विनोद कुमार पौडेल ७२ हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिएको आरोपमा पौडेल पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्नपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार घुस माग गरिरहेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार पौडललाई सेवाग्राहीसँग ७२ हजार घुस लिइसकेको अवस्थामा उनलाई बुढानीलकण्ठ नगरपालिका वडा नं। ६ स्थित सव्रिना होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । घटनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सेवाग्राहीबाट घुस लिएको आरोपमा पौडेल पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।