अमेरिकामा कोरोना संक्रमण २ गुणा बढ्न सक्ने विज्ञको चेतावनी

अमेरिकामा कोरोना संक्रमण २ गुणा बढ्न सक्ने विज्ञको चेतावनी

अमेरिकी राष्ट्रपतिका सल्लाहकार एवम् राष्ट्रिय निर्देशक एन्थोनी फौचीले अमेरिकामा आगामी सेप्टेम्बरमा डेल्टा भेरियण्टको कारण दिनहुँ २ लाखभन्दा बढीमा कोरोना संक्रमण देखिन सक्ने बताउनुभएको छ । हालैको एक अन्तर्वार्तामा उहाँले केहि महिना पहिले दैनिक १० हजार संक्रमित भेटिने गरेको तर आगामी दिनमा सम्भवतः दैनिक १ लाखदेखि २ लाख संक्रमितको संख्या पुग्नसक्ने चेतावनी दिनुभएको छ । ‘डेल्टा भेरियण्टका केसहरु उकालो लागिरहेको र यसलाई रोक्नको लागि खोप नलगाएको ठूलो संख्याले खोप लगाउनुको विकल्प नभएको’ फौचीले बताउनुभएको छ ।

यस्तै निर्देशक फौचीले हालसम्म खोप नलगाएका मानिसहरुमा कोरोनाको नयाँ भेरियण्टले विपत्ति ल्याउन सक्ने र त्यसो भएमा अहिलेको खोप अभियानले पनि काम नगर्नसक्ने चिन्ता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार कोरोनाको नयाँ भेरियण्ट रोक्नको लागि कोरोना संक्रमणलाई पूर्णविराम लगाउनु पर्नेछ । त्यसका लागि सबैले कोरोनाविरुद्धको खोप अनिवार्यरुपमा लगाउनुको विकल्प नभएको सिन्ह्वाले जनाएको छ ।