खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा ४ जना पक्राउ

खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा ४ जना पक्राउ

खसीको भन्दै बाख्राको मासु बेचेको अरोपमा प्रहरीले काठमाडौँको कलंकी स्थित खसी बजारबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी रमेश बस्नेतका अनुसार शनिबार बिहान ५ बजे खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्रीको पहिचान खुल्ने अंगहरू लुकाएर मासु बेच्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले बिक्रीका लागि राखिएको १५ वटा बाख्री, बाख्रीको अंग लुकाएर बेच्न राखिएको मासुसमेत बरामद गरेको छ । अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।