दार्चुला तुइन प्रकरण : प्रधानमन्त्रीलाई चार कम्युनिष्ट पार्टीको ज्ञापन पत्र

दार्चुला तुइन प्रकरण : प्रधानमन्त्रीलाई चार कम्युनिष्ट पार्टीको ज्ञापन पत्र

दार्चुला तुइन प्रकरणको विरोध गर्दै चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। नेपाल कम्युनिष्ट पार्टी क्रा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र ऋषि राम कट्टेलको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टीले शनिबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

विज्ञप्तिमा साउन १५ गते महाकाली नदिको तुइन भारतीय सीमा सुरक्षा बलले खोलिदिएर जयसिंह महराको मृत्यु भएको ९ दिन बितेको बताउँदै यो घटना मैमत्तापूर्ण, हस्तक्षेपकारी, अमानवीय र स्वाधीन नेपाल राष्ट्र र सार्वभौम नेपाली जनताको विरुद्धमा भएको उल्लेख गरेका छन्। सो घटना राजनीतिक र मानवअधिकारका विरुद्धको जंगली, आततायी, षड्यन्त्रमुलक भएको उनीहरुको भनाइ छ। 

विगत २९ वर्षदेखि तुइन संचालन गर्दै आएका प्रत्यक्षदर्शी कल्याणसिँह धामी, बेपत्ता जयसिँह धामीसँगै गएका, तुइन तर्न पालो पर्खी राखेका स्थानीय विक्रम रंकोली र अमिता धामीका अनुसार एसएसबीले नियोजित रुपमा तुइनको लठ्ठा खोलिदिएको प्रमाणित हुन्छु, विज्ञप्तिमा उल्लेख छ, डेढ हप्ता बित्दा पनि जयसिँह धामीको अवस्था अज्ञात हुनु नेपाल र नेपाली जनताको निम्ति निकै सरोकारमुलक, चिन्ताजनक र असह्य विषय हो।  उनीहरूले नेपाल सरकारले छिटो घटनाको छानवीन गरी अपराधमा संलग्न एसएसबीलाई हदैसम्मको कारवाही गर्न भारतीय नरेन्द्र मोदी सरकारसँग अनुरोध गर्न अपील गरेका छन्।

भारतीय सरकारले दोषीलाई कारवाही नगरे भारतीय शासक वर्गको हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापका विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन आफूहरु बाध्य हुने बताएका छन्। यस प्रकारका घटना सीमा क्षेत्रमा बारम्बार हुने भएकाले सीमा क्षेत्रमा सडकको उचित व्यवस्था, जनताका लागि आर्थिक उत्पादनका साधनहरुको उचित प्रबन्ध, बजार र सुरक्षाको प्रत्याभूति, नागरिकको स्वाभिमान र सम्मानपूर्वक बाँच्ने अवस्थाको सृजना हुने व्यवस्था तुरुन्त गर्नुपर्ने उनीहरुको माग छ।  

श्रावण १५ गते बिहान ८ देखि ९ बजेको बीचमा दार्चुला जिल्ला व्यास गाउँपालिका वडा न २ निबासी ३३ वर्षीय नेपाली युवा जयसिँह धामी तुइन चुँडिएर महाकाली नदिमा खसी बेपत्ता भएका थिए। उनी गाँउबाट सदरमुकाम खलंगा जाने क्रममा मालाघाट भन्ने ठाँउमा महाकाली नदी तुइनबाट तरिरहेका थिए। सोही समयमा भारत उत्तराखण्ड राज्यको पांगनमा रहेको भारतीय सिमा सुरक्षा बल ९एसएसबी०ले तुइनको लठ्ठा खोलिदिएपछि नदीमा खसेर मृत्यु भएको भनिएको छ।