अफगानिस्तानमा थप ३८५ लडाकु मारिए, २१० घाइते

अफगानिस्तानमा थप ३८५ लडाकु मारिए, २१० घाइते

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिबान लडाकु मारिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु २१० जना घाइते समेत भएका छन् । देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्तसमेत भएको जनाएका छन् ।

विशेष गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलान र कापिसा प्रान्तमा घटना भएका हुन् । पछिल्ला केही हप्ता अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी मृत्यु भएकाको संख्यामा वृद्धि भएको पाइएको छ । तालिबान लडाकुले देशका विभिन्न सहरलाई आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन् ।