एसपीए कलेजका छात्रा एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा पूर्ण छात्र वृत्तिमा नाम निकाल्न सफल

एसपीए कलेजका छात्रा एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा पूर्ण छात्र वृत्तिमा नाम निकाल्न सफल

धनगढी । सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा अवस्थित सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) माध्यमिक विद्यालयबाट गत वर्ष कक्षा १२ उत्तीर्ण गरेका दुई छात्राले एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् । शिक्षामन्त्रालयले लिने मेडिकल एजुकेसन प्रवेश परीक्षामा सहभागी दुवै छात्राहरूले पूर्ण छात्र वृत्तिमा नाम निकालेका हुन्। 

एसपीए कलेजबाट कक्षा १२उत्तीर्ण गरेका लिलावती सिंहले एमबिबिएस र रिया विष्टले बिडिएसमा नाम निकालेको विद्यालयले जनाएको छ।  विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकासलाई प्राथमिकता दिएर पठनपाठन गरेकाले विद्यार्थीहरूले सजिलै प्रवेश परीक्षा उत्तीर्ण गरेको एसपिएका प्रबन्ध निर्देशक सुवास शाहीले बताए। 

साथै एसपीएले गुणस्तरीय  तथा शैक्षिक वातावरणमा पठनपाठन गराइरहेको बताउँदै विद्यालयका विज्ञान संकायका संयोजक अमृत श्रेष्ठले उज्ज्वल भविष्यको खोजीमा रहेका विद्यार्थीहरूलाई ढुक्क भएर एसपिएमा भर्ना हुन आग्रह  गरेका छन् ।