प्रहरी हिरासतमै मृत्यु भएपछि बाह्रबिसेमा प्रदर्शन, छानबिन समिति गठन हुने

प्रहरी हिरासतमै मृत्यु भएपछि बाह्रबिसेमा प्रदर्शन, छानबिन समिति गठन हुने

सिन्धुपाल्चोकमा प्रहरी हिरासतमै मृत्यु भएको घटनालाई लिएर छानबिन समिति गठन हुने भएको छ। बाह्रबिसे ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। तर स्थानीयले मृतकको शरिरमा चोटपटक भएको भन्दै प्रहरीको कुटपिटबाट मारिएको हुनसक्ने भन्दै छानबिन र दोषीमाथि कारबाहीको माग राखी प्रदर्शन गरेका हुन्।

तामाङ साउन १८ गते चोरी आरोपमा पक्राउ परेका थिए। सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गर्न लागेको बताएका छन्। प्रहरीले पक्राउ पर्दा नै तामाङ विरामी अवस्थामा रहेको र नाकबाट रगत बगिरहेको अवस्था भएको दावी गरेको छ।