सुदूरपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

सुदूरपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ  । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा दिउँसो मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।