कैलालीमा बेवारिसे सामान बरामद

कैलालीमा बेवारिसे सामान बरामद

धनगढी । कैलाली प्रहरीले करिब ३५ हजार मूल्य बराबरको बेवारिसे सामान बरामद गरेको छ । आइतबार जिल्लाको टीकापुर नगरपालिकाको वडा नम्बर ९ स्थित पुरानो भन्सार इलाकाबाट उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।  

अन्दाजी ३४ हजार ६ सय सुल्य बराबरको अनार ७० किलो, माछा मार्ने जालमा लगाउने सिसा, चिनी २० किलो, नुन १०० किलो, प्याज १० किलो, स्यामल सुर्ती २ पाकेट, पवन सुर्ती ४ पाकेट, दाह्री काट्ने रेजर (सानो) २२ पाकेट, दाह्री काट्ने रेजर (ठुलो) १२ पिस, बिडी २ पाकेट, कमला पसन्द ५० पिस, साईकलको चेन ५ पाकेट, साईकलको बोल्ट १० पिस, साइकलको काबेल १० पिस र २ वटा साईकल सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सत्ती पठाइएको छ।