खेलकुदको महत्त्व र यस क्षेत्रमा काम गर्ने कर्मचारीलाई मनोरञ्जनको रूपमा हेरिएको छ: दीपक सिंह

खेलकुदको महत्त्व र यस क्षेत्रमा काम गर्ने कर्मचारीलाई मनोरञ्जनको रूपमा हेरिएको छ: दीपक सिंह

नेपालको व्यवस्थाको ईतिहासले लामो यात्रा गरिसकेको  छ । राजनीति ब्यबस्था परिवर्तनसंगै नेपाली मौलिकता अनुसारको  व्यवस्था पनि परिपर्तन भयो । पुरातनदेखि चली आएका राज्य ब्यवस्था र कानुन प्रणाली निरुत्साहित हुन पुगे । अब हामी अंग्रेजी कानुन प्रणाली (English common law system) मा आधारित पाश्चात्य कानुन प्रणाली र राज्य ब्यवस्थालाई स्वागत गर्न थाल्यौ । यो परिवर्तनको ब्यवस्थालाई जनसंघर्षले रोपिसकेको हुँदा यसलाई हुर्काउने सिचाई गर्ने बढाउने जिम्मेवारी अब नेपालका राजनीतिक दलको हो । पुरानो शासन ब्यवस्थाबाट संचालन कर्मचारीको तन्त्र नयाँ नियम कानुनको परिधिभित्र राखेर शासन व्यवस्था गर्न त्यति सजिलो छैन । नविन दृष्टिकोण र सिद्धान्तको आधारमा न त पुर्वाधर तयार छ न त यस सम्बन्धमा यथार्थ प्राबिधिक ज्ञान भएको जनशक्ती नै छ ।

खेलकुदको क्षेत्रमा कम गरेको कर्मचारी र खेलकुदको महत्वलाई जम्माजम्मी मनोरञ्जनको रुपमा हेरिएको छ । सुकुल र राडीमा बसी टिनको बकस ठटाएर हिपहिप हुर्रे गरि आएको पिढीसंग अहिलेको युग सुहाउँदो खेलकुद संरचनाको बारेमा बुझाउन र बुझ्न त्यति सजिलोसँग मानिरहेका छैनन । अहिले पनि ऐन कानुनको  र अथवा वा जस्ता निपात सब्दहरुको गलत अर्थ लगाई फटाहा र छट्टु भइ जनतालाइ दुःख दिने भन्ने जस्तो गोप्य सामाजिक मान्यता बोकेको समाजलाई खुला समाजमा परिणत गर्न  (Transform) त्यति सजिलो छैन । यस्तो संक्रमण कालीन अवस्थामा आधुनिक प्रशासनको काम गर्न कति कठिन छ भन्ने कुराले केही खेलकुदका कर्मचारी साथीहरुलाई रातदिन पिरोलेको छ । 

खेलकुद क्षेत्रमा आधुनिक शिक्षा हासिल गरेको जनशक्तीको ज्यादै अभाव छ । एकातर्फ सक्षम जनशक्तीको अभाव अर्को तर्फ नयाँ ऐन कानुनी ब्यवस्थासँग  अभ्यस्त नहुनु नवनिर्मित कानुनी ज्ञान तथा त्यसमा अभिरुची नहुनुबाट जिल्लास्तरसम्म संरचनामा परिवतर्न र सुधार गर्न  निकै जटिल काम छ । जिल्लाको संरचना खेलकुदको मुल जग हो । जसको आधारमा खेलकुद बाँचिरहेकको हुन्छ । त्यही जिल्लाको कर्मचारी सङ्गठन संरचना प्रदेश सरकारले ब्यवस्था गर्न सकेको छैन । 
भर्खरै स्थापित नौलो परिस्थितिमा संचालित खेलकुद परिषदको दृष्टिकोण (vision and approach) कार्यशैली (strategy) तथा समर्पण (dedication) ले संरचनात्मक खाका तयार गरेर  भविष्यको लागि खेलकुद परिषद संरचनाको जग बसाउनुपर्छ ।

उपयुक्त कर्मचारीको अभावले गर्दा परिषद काम अगाडी बढिरहेको छैन । कैयौं कानुनी बाधा र अड्चनले हाम्रो उत्साह, जोस–जागर र उर्जालाई नष्ट गर्न बजेट र मन्त्रालयको खेलकुदलाई हेर्ने दृष्टिकोणले थप उर्जा दिईरहेको महसुस भैरहेको छ । राष्ट्रिय खेलकुद परिषदको ढिलासुस्ती कर्मचारी समायोजन खेलकुद संरचना बाँडफाँड जस्ता कृयाकलापमा परिषद चुकेको देखिन्छ । ईतिहास केबल कर्मठ केही गर्नेहरुको बासस्थल हो । इतिहासको बासस्थल वा चौतारीमा सबै अटाउन सक्दैन ।  इतिहास कर्मठहरुको हो । लोभी पापीहरूको होईन । त्यसैले म भन्दा बुढा पाका  तथा अनुभवी सज्जनहरु छदाछदै तपाईहरुले म जस्तो थोरै उमर केही थोरै अनुभव भएको सदस्य–सचिव् छान्नु भएकोमा प्रदेश सरकारलाई हार्दिक धन्यवाद !! 

हुन त यो काम राम्ररी गर्न सकुला भन्ने विश्वास छैन तर तपाईहरुका सहायताले मैले यो कामा पुर्ण गर्न सकुला भन्ने आशामा छु । हुन त भनिन्छ समयले मानिसलाई जन्माउँछ मानिसभन्दा शक्तिशाली समय हुन्छ । समय बलवान हुन्छ । परिस्थिति त्यसको दाईने हात बनिदिदा समय र परिस्थितिको मागलाई सम्बोधन गर्ने व्यक्ती इतिहासमा आफूलाई अमर बनाउन सक्छ । इतिहासमा अमर हुने युग आउँछ । त्यो मौका पाउने व्यक्तीले चिन्नु पर्छ । त्यो मौकामा प्रदेश सरकार छ । प्रदेश सरकारको  नेतृत्व छ सरकारका मन्त्री ज्यूहरुमा छ  । स्थानीय तहसँग छ । ईतिहासको कालखण्डमा युग युग सम्झी रहने गरी  युवाहरुको ढुकढुकी बन्न युबा लक्षित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मैदान, टिकापुर स्पोर्टस ऐकडेमी निर्माणमा ढिलाइ गरिनु हुन्न ।  (सिंह सुदूरपश्चिम खेलकुद परिषदका सदस्य–सचिव हुन् । )