कैलालीमा स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते, एकको अवस्था गम्भिर

कैलालीमा स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते, एकको अवस्था गम्भिर

धनगढी । कैलालीको चुरे गाउँपालिकामा स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन । अछामबाट विरामी बोकेर धनगढी आइरहेको सु.प.प्र. ०१ ००१ च २६५८ नम्बरको स्कारपियो चुरे गाउँपालिका वडा नम्बर ३ सल्लेघारीमा दुर्घटना भएको हो ।

दुर्घटनाबाट घाइते ४ जनामध्ये स्कारपियो चालक अछामको साफेबगर नगरपालिका वडा नम्बर १ का गोपी धामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कर्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

यस्तै उनले स्कारपियोमा सवार साँफेबगर नगरपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय रमेश बुढाको अवस्था मध्यम, सोही ठाउँका मुकुन्द रावल र धनकला रावलको अवस्था सामान्य रहेको उनले बताए ।

स्कारपियो अनियन्त्रित भएर सडकबाट डेढ सयदेखि दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्कारपियो दुर्घटना राति १२ बजेको समयमा भएको बताईएको छ ।