धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर स्थित पूर्व–पश्चिम राजमार्गबाट हातहतियार सहित २ जना पक्राउ परेका छन । सोमबार राति ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जीप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार हातहतियार फेला परेपछि चालक शाहसहित जीपमा सवार कैलारी गाँउपालिका–९ का ५३ वर्षीय खेम राज चौधरीलाई पक्राउ गरिएको हो । जीप चालक शाहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान र जीपमा सवार चौधरीको साथबाट पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरिएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा १२ बोर एक थान, कार्टिज एक थान खेम राज चौधरीको र पोईन्ट टु टु एक थान, गोली १० राउण्ड मोहित कुमार शाहको भन्ने खुल्न आएको हुँदा दुवै जनालाई पक्राउ गरी हातहतियार खरखजाना शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धानका कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।