काठमाडौंमा फेरि थपियो निषेधाज्ञा, अब राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौंमा फेरि थपियो निषेधाज्ञा, अब राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप भएको छ । मंगलबार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले निषेधाज्ञा १२ दिन थप गर्ने निर्णय गरेको हो ।

पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप १२ दिन निषेधाज्ञा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

त्यस्तै बैठकले उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।