‘डेल्टा भेरियन्ट’लाई फैलिनबाट रोक्न नसकेको भन्दै चीनले ४० सरकारी अधिकारीलाई कारवाही गरेको सीएनएनले जनाएको छ।
सन् २०१९ मा वुहानबाट सुरु भएको कोरोना महामारी नियन्त्रण गरेपछि पहिलो पटक चीनमा ठूलो मात्रामा संक्रमण भइरहेको छ। कोरोनाभाइरसको ‘डेल्टा भेरियन्ट’ पछिल्लो तीन सातामा मात्रै चीनका ३१ मध्ये आधा प्रान्तहरूमा फैलिँदै हजार जनाभन्दा बढीमा संक्रमण भइसकेको छ।
चिनियाँ सरकारी निकायहरू अहिले महामारी नियन्त्रणका लागि लकडाउन जारी गर्ने, परीक्षणको दायरा बढाउने, क्वारेन्टिनको व्यवस्था गर्ने र मानिसहरूको अवतजावत घटाउने उपाय कार्यान्वयनमा लागीपरेका छन्।
डेल्टा भेरियन्टका कारण सन् २०२० पछिकै सबैभन्दा कडा नियम चीनमा अहिले गरिएको छ। महामारी नियन्त्रणका उपाय कार्यान्वयनमा चुकेका अधिकारीहरू माथि अहिले कारवाही हुन थालेको हो।
स्थानीय सरकार, स्वास्थ्य आयोग, अस्पताल र विमानस्थलका प्रमुख लगायत कम्तिमा ४७ अधिकारी लापर्वाहीका लागि कारवाहीमा परेका हुन्। चीनले अहिलेसम्म ‘जिरो कोभिड’को रणनीति अपनाउँदै आएको भए पनि संक्रामक ‘डेल्टा भेरियन्ट’ले सो रणनीतिलाई असफल तुल्याउँदैछ।