मेस्सीले पीएसजीको जर्सिमा खेलेको देख्दा पिडा हुनेछ: इनिइस्टा

मेस्सीले पीएसजीको जर्सिमा खेलेको देख्दा पिडा हुनेछ: इनिइस्टा

बर्सिलोनाका लिजेण्ड खेलाडी आन्द्रेस इनिइस्टाले लियोनल मेस्सीलाई पीएसजीको जर्सिमा देख्नुपर्दा ‘पिडा’ हुने बताएका छन् । मेस्सी आधिकारीक रुपमा २ वर्षका लागि पीएसजीमा अनुबन्ध भएका छन् जहाँ उनले ३० नम्बर जर्सि लगाउने पक्का भएको छ । 

मेस्सीको बार्सिलोनाबाट बार्हिगमनले लाखौं बार्सिलोना समर्थकहरु यस समय तनावमा रहेका छन् । यस्तै मेस्सीका पूर्व टिममेट्स तथा बार्सिलोनाका लिजेण्डरी मिडफिल्डर इनिइस्टाले आफुले यो अवस्थाबारे कल्पना नगरेकोे बताएका छन् । 


मेस्सीलाई पीएसजीकोे जर्सिमा देख्नुपर्दा मलाई पिडा हुनेछ,मेस्सीले बार्सिलोनाका लागि सबथोक दिए,मैले मेस्सीजस्तो खेलाडी देखेको छैन र सायद देख्ने पनि छैन’ इनिइस्टाले भने । 

इनिइस्टा २० वर्षसम्म बार्सिलोनामा रहेका थिए । मेस्सी र इनिइस्टा दुबै बार्सिलोना एकेडेमीका उत्पादन हुन् । इनिइस्टाले अहिले जापनिज क्लब भिसेल कोबीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।