कञ्चनपुरमा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक पक्राउ

कञ्चनपुरमा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ६ लाख १ हजार ५ सय नेपाली रुपैयाँसहित भारतको साहजहाँपुर जिल्ला मोहल्ला भन्ने ठाउँमा घर रहेको बताउने ४१ वर्षीय रजनीस कुमारलाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरी टोलीले कुमारलाई शङ्का लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका कुमारलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरी समक्ष बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका गणपति वीरेन्द्र बहादुर ऐरले जानकारी दिनु भएको छ ।