त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्याथीले कोरोना खोप पाउने

त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्याथीले कोरोना खोप पाउने

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा। झलक गौतमले त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्याथीहरुलाई तत्काल खोप दिने निर्णय भएको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंमा प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् । साथै खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने उहाँले बताउनुभयो ।

खोप दिने मिति भने स्वास्थ्य कार्यलयले तय गर्ने उहाँले बताउनुभयो । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।