धनगढीमा आजदेखि कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन सुरु

धनगढीमा आजदेखि कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन सुरु

धनगढी । धनगढी उपमहानगरपालिकामा आजदेखि कोरोना भाइरसविरुद्धको (कोभिशिल्ड) खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । उपमहानगरपालिकाले कोभिशिल्डको पहिलो डोज लगाएकालाई आज र भोली दोश्रो डोज लगाउने भएको हो ।

१६ वटा खोप केन्द्र मार्फत कोभिशिल्डको दोस्रो डोज लगाइने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरको वडा नम्बर १ का नागरिकलाई साउन २९ गते र अन्य वडाका नागरिकलाई २८ गते खोप लगाइने अधिकृत नारायण शर्माले बताए ।

गत वर्ष २०७७ फागुन २३ गतेदेखि २८ गते सम्म र अन्य मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।