प्रदेश युवा परिषद सुदूरपश्चिमले विभिन्न कार्यक्रम गरी मनायो अन्तर्राष्ट्रिय युवा दिवस

प्रदेश युवा परिषद सुदूरपश्चिमले विभिन्न कार्यक्रम गरी मनायो अन्तर्राष्ट्रिय युवा दिवस

धनगढी । 'खाद्य प्रणाली : मानव र ग्रह स्वास्थ्यको लागी युवा आविष्कार' भन्ने मुल नाराका साथ आज विश्व भरिनै २२ औं  अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश युवा परिषद सुदूरपश्चिम प्रदेशले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेश युवा परिषद सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुवंरले युवाहरूमा रक्तदान बारे महत्त्व दिने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । त्यस्तै  प्रदेश युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसर पारेर वक्तृत्वकला प्रतियोगिताको आयोजना समेत गरेको थियो ।

दुई उमेर समुहमा बिभाजित गरेर आयोजित 'प्रबिधि मैत्री युवा आजको आवश्यकता' वक्तृत्वकला प्रतियोगिताको १६ देखि २४ बर्ष उमेर समूह र 'सुदूरपश्चिम प्रदेशको समृद्धिमा युवाको जिम्मेवारी' २५ देखि ४० बर्ष उमेर समूह राखिएको कार्यकारी उपाध्यक्ष कुवरले बताए ।

वक्तृत्वकला प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई प्रमाणपत्र सहित नगद पुरस्कार समेत दिइएको कार्यकारी उपाध्यक्ष कुवरले बताए । उनले प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद १० हजार, ७ हजार, ५ हजार र २ हजार रुपैया नगद प्रदान गरिएको बताए ।

प्रतियोगीहरुलाई सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशकि राज्यमन्त्री मना कुमारी साउदले प्रमाणपत्र तथा नगद पुरस्कार बितरण गरेकी थिइन ।