भारतको हिमाञ्चलमा पहिरोले पुरिएका १० को शव निकालियो

भारतको हिमाञ्चलमा पहिरोले पुरिएका १० को शव निकालियो

भारतको हिमाञ्चल प्रदेशको किनौर जिल्लामा पहिरो जाँदा पुरिएका १० जनाको शव निकालिएको छ । पहिरोले सडकमा गुडिरहेका बस ट्रक र अन्य साना गाडीहरु पुरिएका छन् । बुधबार दिउँसो पहिरो जाँदा पुरिएका १४ जना घाइतेहरुको पनि उद्धार गरिएको छ ।

पहिरोमा अझ धेरै मानिसहरु पुरिएको आशंका स्थानीय प्रशासनले गरेको छ । निरन्तर पहिरो गइरहेकाले राहत र उद्धारमा समस्या भएको बताइएको छ ।

पहिरोमा पुरिएक सवारी साधनहरु हरिद्धार जाँदै थिए । हिमाचलका मुख्यमन्त्री जयराम ठाकुरले उक्त घटनाबारे जानकारी दिँदै पहिरोमा पुरिएका मानिसलाई सुरक्षित निकाल्न हरसम्भव प्रयास भइरहेको बताएका छन् ।

उनले घटनाबाट प्रभावित भएकालाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् । हिमाचलको इमर्जेन्सी अपरेसन सेन्टरका अनुसार यो पहिरोमा कम्तीमा २५्३० जना मानिसहरु पुरिएका छन् । अहिले पनि माथिबाट ढुङ्गा खसिरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाबारे जानकारी लिँदै राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् ।