धनगढीमा भन्सार छलीको झण्डै ५ लाख बराबरको सामान बरामद

धनगढीमा भन्सार छलीको झण्डै ५ लाख बराबरको सामान बरामद

धनगढी । कैलाली प्रहरीले धनगढीमा भन्सार छलेर ल्याइएको झण्डै ५ लाखको बराबरको सामान बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले चार लाख ९८ हजार ६ सय बढीको सामान बरामद गरेको हो ।

विभिन्न मितिमा बरामद गरिएको उक्त सामान भन्सार कार्यालय कैलालीलाई पठााइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।