सेती प्रयोगशालामा भएको परिक्षणमा थप २३ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप २३ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २३ जना कोरोनाको संक्रमण पुष्टि भएको छ ।

बिहिबार अस्पतालको प्रयोगशालामा ९७ जनाको नमूना परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जना बिरामी भर्ना भएका छन् भने निको भएर डिस्चार्ज हुनेको संख्या २ रहेको छ ।

हाल अस्पतालमा २८ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ भने २ जनालाई भेन्टिलेटरमा उपचार भईरहेको छ।