सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने जनाएको छ।यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ।