आज महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

आज महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजेलाई बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ।

बैठकले क्रियाशील सदस्य विवाद हल गर्दै अघि बढ्ने बारे निर्णय लिने शर्माले बताए । यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए।

बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा राखेका थिए।

समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकीसहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।