विश्वमा कोरोना संक्रमणदर बढ्दो

विश्वमा कोरोना संक्रमणदर बढ्दो

विश्वमा फेरि कोरोना संक्रमणदर बढेको छ । बितेको २४ घण्टामा ६ लाख ८४ हजार ९१४ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार २३९ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ लाख ५४ हजार १८२ जनाले कोरोनालाई जितेका छन् ।

शुक्रबार बिहान सम्म विश्वमा संक्रमितको संख्या २० करोड ६१ लाख ५६ हजार ५१३ पुगेको छ । अहिलेसम्म ४३ लाख ४६ हजार ६७६ जनाले ज्यान गुमाएका छन् । संक्रमित भएका १८ करोड ५० लाख ३५ हजार ८४ जना संक्रमण मुक्त भएका छन् । अहिले १ करोड ६७ दाख ७४ हनार ७५३ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख २ हजार ७२५ को स्वास्थ्य अवस्था गम्भीर छ ।