दार्चुलामा एसएसवीको चरम ज्यादती बढ्दो, सर्वसाधारणमाथि कुटपिट

दार्चुलामा एसएसवीको चरम ज्यादती बढ्दो, सर्वसाधारणमाथि कुटपिट

जय सिंह धामी महाकालीमा बेपत्ता भएको घट्नामा आफ्नो संगठनलाई बद्नाम गरेको भन्दै भारतीय सीमा सुरक्षा बल एसएसवीले नेपालीमाथि चरम ज्यादती गरिरहेको छ । एसएसवीले बिहीवार बिहान दार्चुलाको खलंगाबाट भारतीय बाटो भएर फर्किदै गरेका व्यास गाउँपालिका–४ मडगाउका दुई जनालाई एसएसवीले अकारण कुटपिट गरे ।

हामी दार्चुलाबाट फर्किदै थियो, बाटोमा रोकेर कहाँबाट आएको भन्दै उनीहरुले सोधपुछ गरे । हामीले खलंगाबाट आएको बतायौ । त्यसपछि तिमीहरुले हामीलाई बद्नाम गर्ने भन्दै कुटपिट गरे, एसएसवीको कुटपिट र दुव्र्यबहार खेपेका मडगाउँका एक जना व्यक्तिले भने, उनीहरुले गाडी चालक र हामीलाई अकारण कुटपिट गरे । तिमीहरु गरीव छौ । हामीलाई थाह छ ।

त्यही कारण बिगतमा हामीले तुईन तर्दा आँखा चिम्लियौ । तिमीहरुले उल्टै तुईन चुडाएर जय सिंह धामीलाई बेपत्ता बनाएको भनेर हामीलाई बद्नाम ग¥यौ, उनले पश्चिम टुडेसंगको कुराकानीमा भने, अव तिमी कसैलाई यो बाटो हिडेको देखेमा सोझै डीडीहाट पुर्याउछौ ।

जय सिंह धामी बेपत्ता भएको घट्नामा एसएसवी मुछिएको थियो । एसएसवीले तुईन चुडेका कारण धामी बेपत्ता भएको आरोप छ । उक्त घट्नापछि नेपालीहरु प्रति निकै आक्रोशित एसएसवीले तुईन रहेको महाकाली नदीका किनारमा गस्तीमा कडाई गर्नुका साथै नेपालीहरुमाथि कडा निगरानी गरिरहेको स्थानीय बासिन्दाले बताए ।