धनगढीको विशालनगर क्षेत्रका दर्जनौं घर र पसल डुवानमा (फोटो फिचर)

धनगढीको विशालनगर क्षेत्रका दर्जनौं घर र पसल डुवानमा (फोटो फिचर)

धनगढी । बिहीबार यताको वर्षाले धनगढी उपमहानगरका अधिकांश बस्ती डुबानमा परेका छन् । वडा नम्बर ३ का विशालनगर, मिलनचोक, भन्सार बस्तीमा पानी पसेको छ ।

अन्न र लत्ताकपडासमेत जोगाउन मुस्किल भइरहेको स्थानीयले गुनासो गरेका छन् । भुइँतला मात्रै भएका घरपरिवार बस्ने ठाउँ नभएपछि छिमेकीकहाँ आश्रय लिएका छन् । धनगढीको मुख्य बजार क्षेत्र पनि जलमग्न भएको छ । सटरभित्र पानी पसेर सामान डुबेको व्यापारीले जनाएका छन् ।

मुख्य बजार क्षेत्र एलन चोकदेखि पार्क मोडमा पानी जमेर आउजाउसमेत कठनाइ भएको छ । त्यस्तै वडा नम्बर ४ को बसपार्क, वडा नम्बर ५ को हसनपुर, शिवनगर, वडा नम्बर २ स्थित भन्सार रोड पूर्वको आवासीय क्षेत्र जलमग्न भएको छ । वडा नम्बर ३ को पानीले निकास नपाउँदा २ का बासिन्दा डुबानमा परेका हुन् ।

कतिपय ठाउँमा सडक हिलाम्य भएर जाउजाउसमेत रोकिएको छ । प्राकृतिक रूपमा बग्ने खोलानाला अतिक्रमण हुनुका साथै ढलनालीको राम्रो व्यवस्था नहुँदा धनगढी डुबानमा पर्ने गरेको स्थानीयको भनाइ छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.