कैलालीको काँडा नदीबाट गोही गाउँमा पसेपछि...

कैलालीको काँडा नदीबाट गोही गाउँमा पसेपछि...

धनगढी । कैलालीको भजनी नगरपालिका ३ काँडा गाउँमा वयस्क गोही प्रवेश गरेपछि स्थानीय त्रसित भएका छन् । काँडा नदीबाट गोही गाउँ पुगेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । करिब ढाइ फिट लामो मगर गोही एक कुन्टल सम्म रहेको प्रहरीको दाबी छ ।

केहि घण्टा पछि सब डिभिजन कार्यालय भजनीले गोहीको सकुशल उद्धार गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।काँडा खोलामा पानीको सतह बढेपछि गोही गाउँ छिरेको हुन सक्ने उनले बताए । सब डिभिजन कार्यालय र संरक्षणकर्मीको सक्रियतामा मोहना र पथरैया नदीको दोभानमा गोही छोडिएको उनले बताए । भजनी नगरपालिकाको टिपरबाट गोहीलाई नदीमा लगिएको हो ।

समयमै गोही गाउँ छिरेको थाहा पाएका कारण मानवीय क्षति हुन बाट बचेको उनको भनाइ छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढ्दा गोही तथा विषालु सर्पहरू गाउँ पुग्ने गरेका छन् ।