सेती अस्पतालमा १५१ नमुना परिक्षण गर्दा थप ४२ जनामा कोरोना पुष्टि

सेती अस्पतालमा १५१ नमुना परिक्षण गर्दा थप ४२ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप ४२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५१ जनाको कोरोना परीक्षण गरिएकोमा ४२ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा २९ जना संक्रमित उपचाररत छन्।

जसमध्ये ५ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन।