कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको नयाँ मिति तय हुने

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको नयाँ मिति तय हुने

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बन्नेछ । बैठकले महाधिवेशनको परिमार्जित मिति तय गर्न सक्ने केन्द्रीय सदस्य गुरू घिमिरेले जानकारी दिए ।

भदौ १६–१९ का लागि निर्धारित १४औँ महाधिवेशन हुने सम्भावना टरेपछि कहिले र कसरी महाधिवेशन गर्ने भन्नेमा कांग्रेसमा विवाद छ । तथापि हाल निर्धारित कार्यतालिकाभित्र सातै प्रदेशका कुनै न कुनै वडाको भएपनि अधिवेशन सकेर यसलाई निरन्तरता दिनेमा लगभग एकमत छ ।

यद्यपि त्यसरी शुरू हुने अधिवेशन केन्द्रमा महाधिवेशनसम्म आइपुग्दा कुनै मिति निर्धारण हुने भन्नेमा मतैक्यता नभएको घिमिरेले बताए । संस्थापन पक्षले मंसिरभित्र महाधिवेशन गर्नु पर्ने मनसाय बनाइरहँदा  इत्तर समूहले असोजभित्र महाधिवेशन सक्नु पर्नेमा दबाब बढाउँदै लगेको छ ।

यस्तै आजको बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पनि पारित गर्ने घिमिरेले बताए ।