सबै परीक्षार्थीलाई कोरोना खोपकाे व्यवस्था गर्ने गृहकार्य भइरहेकाे छ : राज्यमन्त्री श्रेष्ठ

सबै परीक्षार्थीलाई कोरोना खोपकाे व्यवस्था गर्ने गृहकार्य भइरहेकाे छ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षार्थीलाई खोपको व्यवस्था गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । ट्वीटर मार्फत् राज्यमन्त्री श्रेष्ठले सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य भइरहेको जानकारी दिनुभएको हो ।

विश्वविद्यालयका विभिन्न सङ्काय र तहमा परीक्षा दिने विद्यार्थीलाई अस्तिदेखि खोप दिन थालिएको छ । यस्तै उहाँले किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेको बताउनुभएको छ । दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप खरिद गर्ने नेपाल पहिलो देश बनेको समेत उहाँको भनाइ छ ।  

कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । खोप सन् २०२२ को मार्च अर्थात् आउँदो फागुनसम्ममा आइपुग्ने अपेक्षा छ ।